Breaking News
Loading...
Tuesday, September 11, 2012

Info Post

वि.सं. २०३८ साल भदौ २५ गते जन्मिएका नायक जीवन लुईटेलले सोमबार आफ्नो ३१औ जन्मदिन मनाएका छन् । ‘व्ल्याक मेल’ युनिटसँग जन्मदिन मनाउँदै गर्दा जीवन निकै खुशी देखिएका थिए । सँगै बुढो हुँदै गएकोमा चिन्ता पनि ।
जन्मदिन मनाउने क्रममा उनले सिने क्षेत्रमा सधैं काम गरिरहन पाउँ भन्दै कामना पनि गरे । जीवनले आफू नेपाली चलचित्रको नायक हुन पाउँदा खुशी लागेको बताए ।
जन्मदिनकै अवसर पारेर जीवनले आफ्नो नयाँ वेवसाईट पनि शुरु गरेका छन् । फेसबुक ह्याक भएपछि आफूले वेवसाईट लन्च गरेको उनले बताए । जीवनले www.jiwanluitel.com सुरुवात गरेका हुन् ।

जीवन नेपाली चलचित्रमा अहिले जमेका नायक हुन् । ५० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका उनी हाल ‘नोट बुक’ नामक सिनेमामा अभिनय गर्न व्यस्त छन् ।
अनलाइनखबर

0 comments:

Post a Comment