कल्पना गर्नुहोस् त पुरुष मित्रहरु- तपाइँ कुनै सैलुनमा दाह्री खौरिन वा कपाल काट्न जानुभएको छ, त्यहाँ तपाइँको दाह्री कपाल काटिदिन बिकिनी लगाएका सुन्दरी तरुनीहरु सेवामा हाजिर छन् । त्यसबेला तपाइँलाई कस्तो अनुभुति होला ? अवश्य पनि त्यस्तो सैलुनमा दाह्री कपाल गर्न गइरहुँ जस्तो लाग्ला । तर के गर्नु, हामीकहाँ यो कुरा केवल कल्पना मात्र हो । भलै अवैध रुपमा के-के भैरहेको छ त्यसतर्फ नजाऔँ ।
अमेरिकामा भने साँच्चीकै बिकिनी लगाएर तरुनीहरुले दाह्री खौरिदिने तथा कपाल काटिदिने सैलुन संचालनमा छ । उक्त बिकिनी बारबर सपमा केवल युवतीहरुले मात्र काम गर्छन् र उनीहरु बिकिनी लगाएर सेवामा हाजिर हुन्छन् ।
यो सैलुन सन् २०११ को फेब्रुअरीमा खुलेको हो । २९ वर्षका जेफ बल्कन नामका व्यक्तिले यस्तो सैलुन संचालन गरेका छन् । अमेरिकाको न्यु जर्सी स्थित लंग बीच टापुमा यो सैलुन संचालनमा छ । जेफको यो सैलुन कुनै पाँच तारे होटल भन्दा कम छैन । कामुक सुन्दरीले दाह्री कपाल खौरिदिने भएपछि तन्नेरीहरुको लाम लाग्ने नै भयो । त्यसैले उक्त सैलुनको व्यापार मालामाल छ । सोही कारण जेफले यस्तो सैलुन अमेरिका भर नै खोल्न चाहन्छन् ।
उड्ययन विज्ञानमा स्नातक गरेका जेफले हवाइजहाज उडाउन छाडेर बिकिनी सैलुन खोलेका हुन् । उनको सैलुनमा आउनेमध्ये ८७ प्रतिशत तन्नेरीहरु हुन्छन् भने अरु महिला तथा बच्चाबच्ची समेत आउँछन् ।
- Onlinekhabar
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला


0 comments:
Post a Comment