Breaking News
Loading...
Sunday, September 16, 2012

Info Post

नायक आर्यन सिग्देल र नायिका बेनिशा हमाल दुबै अविवाहित छन् । तर एक चलचित्रको पर्दामा भने यि दुईले बिहेको महशुश गरेका छन् । २५ दिनमा सम्पुर्ण छायांकन सकेको चलचित्र ‘महशुश’ मा आर्यन र बेनिशाको बिहे भएको देख्न सकिन्छ ।
कल्याण घिमिरेको कथा एवं निर्माणमा बनिरहेको चलचित्र ‘महशुश’ को छायांकन शनिबार सकिएको हो । चलचित्रमा आर्यन र बेनिशाको अलवा केकी अधिकारीको पनि मुख्य भुमिका छ । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।
चलचित्रमा सुरेश अधिकारिको संगीत, दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको नृत्य समावेश छ । चलचित्रले परिवार र प्रेममा आउने द्वन्दलाई उठान गर्न खोजेको निर्माणपक्षको दाबी छ
- Onlinekhabar

0 comments:

Post a Comment