Breaking News
Loading...
Sunday, September 9, 2012

Info Post
गुल्मी,भदौ २४ ।
गुल्मीको सदरमुकाम तम्घासवाट राजधानी काठमाण्डौका लागि विहान छुटेको डाँक बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना भन्दा बढी घाईते भएका छन् । मृतक मध्ये अहिले सम्म ११ जनाको सनाखत भएको छ । विहान तम्घासवाट काठमाण्डौका लागी छुटेको लु १ ख ५५ ८३ नम्बरको बस गम्लीको हर्दिनेटामा दुर्घटना भएको हो ।  मृतकमध्ये हुलाक कार्यालय गुल्मीमा कार्यरत अर्खले ७ गुल्मीका ३५ बर्षीय टेमलाल पाण्डे, मालपोत कार्यालय गुल्मीमा कार्यरत अर्घाखाँची भगवती ५ का लाल कुमार श्रेष्ठ, गुल्मी तम्घास १ का ३३ बर्षीय बिष्णु पन्थी, तम्घास ३ का २१ बर्षीय निरज कुवंर, तम्घास ३ कै ३५ बर्षीय थमकला कुवंर, पिपलधार ७ गुल्मीका लक्ष्मी खनालको सनाखत भएको छ । त्यसैगरी अर्घाखाँची मरेङ ५ का ५० बर्षीय गण बहादुर क्षेत्री, अर्घाखाँचीकै वाङला ८ का चन्दा भुसाल, गुल्मी बिरबास ८ का ५८ बर्षीय देब बहादुर सोमरे, दरबारदेविस्थान ३ का ९० बर्षीय हरिकला अर्याल, दुविचौर ९ गुल्मीका ३२ बर्षीय श्री थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक २ महिलाको सनाखत हुन बाँकी छ । तम्घासबाट बिहान ५ बजे काठकाण्डौकालागि छुटेको लु १ ख ५५८३ नंवरको डाँक बस बिहान करिब ६.४५ बजे हर्दिनेटा ६ मथुराडाडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जनाको घटनास्थलमै र २ जनाको पाल्पामा उपचार गर्न लैजाँदै गर्दा मुत्यु भएको घट्नास्थलबाट जिल्ला प्रहरी कार्यालय गूल्मीका ईन्सपेक्टर जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । घाईते मध्ये जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत चितवन घर भएकी सानु महत चौधरी, गाडिका कन्टेक्टर पाल्पाका धनिश्वर घिमिरेको नाम ठेगाना खुलेको छ । घाईते केहीको स्थानीय स्वास्थ्य संस्था र केहीको पाल्पामा उपचार भईरहेको छ ।  दुर्घटनामा गाडि मालीक तथा चालक पाल्पाका दिनेश खनाल भने सकुशल रहेका जनाईएको छ । घाईते र मृतकको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिले उद्धार कार्य जारी राखेका छन् । शवलाई सदरमुकाम तम्घास ल्याउने तयारी भईरहेको छ । बस सड्कबाट २ सय ५० मिटर तल खसेको छ । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । तम्घास बस काउन्टरबाट २४ यात्रु लिएर हिडेँको गाडिमा झण्डै ४० जना यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

अर्को दुर्घटना
हर्दीनेटामा बस दुर्घटना भएको केही समयपछि गुल्मीको क्षेत्र नम्बर ३ बाट तम्घास आउँदै जिप तम्घास नजिकै अर्खलेमा दुर्घटनामा भएको छ । अर्खले पानीट्याङकी भन्ने ठाउँमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाईते भएका छन् । घाईते मध्ये १ जनालाई उपचारको लागी तम्घास ल्याईएको तथा २ जनाको ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीदर्पन

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment