Breaking News
Loading...
Saturday, September 22, 2012

Info Post

ब्याक टु ब्याक दुई एल्बमसंग्रहका प्रायः सबै गीत लोकप्रिय भएपछि एउटा गायक कतिसम्म व्यस्त हुन्छ भन्ने कुरा प्रमोद खरेललाई सोधे पुग्छ। 'प्रणय' तथा 'प्रवेग' का गीतहरु श्रोताले मन पराएपछि प्रमोद यति व्यस्त भएकी उनले केही महिनाअघि जन्मिएका छोरालाई समेत  समय दिन भ्याएका छैनन्। 'म बिना कसै-कसैलाई', 'याद गर्न पनि', 'डुबायो पापी मायाले' जस्ता गीत अत्यन्त लोकप्रिय भएपछि प्रमोदले  फुर्सदमा बस्न भ्याएका छैनन्। सुगम संगीतका गीत गाएर प्रायः सबै उमेरका दर्शक तथा स्रोताको मन जित्न सफल यी गायकले स्वदेशमात्र  होइन विदेशमा समेत प्रशंसक कमाएका छन्। नेपालका विभिन्न सहरमा आयोजना हुने सांगीतिक कार्यक्रममा त उनी सहभागी हुन्छन् नै, ने पाल बाहिर अस्ट्रेलिया, जापान, कोरिया, कतार, मलेसिया आदि मुलुकसम्म पुगेर प्रमोदले आफ्नो स्वरको जादु छरिसकेका छन्। कलेक्सन  एल्बम तथा चलचित्रका गीतहरूमा समेत स्वर दिइरहेका प्रमोद अहिले गीतकार शीतल कादम्बिनीसँग सहकार्य गर्दै नयाँ एकल एल्बम सावर् जनिक गर्ने तयारीमा छन्। यो संग्रह सार्वजनिक हुनुअघि नै कतार पुगेका प्रमोद केही साताभित्रै साउदी अरब, कोरिया तथा हङकङको  सांगीतिक यात्रामा निस्कँदै छन्।

Click Here To Watch Pramod Kharel's Latest Song

- कान्तिपुर साप्ताहिक 

0 comments:

Post a Comment