Breaking News
Loading...
Sunday, September 16, 2012

Info Post
रामप्रसाद भट्टराई (सचिन), उदयपुर ।
विश्व उल्टो साइकल यात्री विरेश प्रसाद दाहाल भोलि असोज १ गते इजरायल प्रस्थान गर्दैछन् । उदयपुरको त्रियुगा नगरपालिका बडा.न. ७ निवासी दाहाल यसअघि १७ वटा देशको भ्रमण गरी नेपाल फर्किएका थिए । ०५७ सालदेखि उल्टो साइकल यात्रा सुरु गरेका दाहालले दिगो शान्तिको कामना गर्दै यसअघि मेचीदेखि महाकालीका अधिकांश जिल्ला र सार्क राष्ट्रको भ्रमण गरिसकेका छन् । दाहाल नेपाली पोसाकमा सजिई साइकलमा नेपाली झन्डा फहराई खाडी देश जानेछन् । नेपाली कलासंस्कृतिका बारेमा विदेशीलाई जानकारी गराई विदेशीहरुलाई नेपाल आउन उत्प्रेरित गर्नु उनको उद्देश्य हो ।
विश्व उल्टो साइकलयात्री उदयपुरे विरेश प्रसाद दाहालको जीवनीमा आधारीत उल्टो साइकल यात्राको डकुमेन्ट्री निर्माणसमेत सम्पन्न भएको छ । उनैको यात्रा सहितको जीवनमा आधारीत डकुमेन्ट्री निर्माण गरिएको हो । 

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment