Breaking News
Loading...
Wednesday, September 12, 2012

Info Post

‘बाउले विहे गर्देनन् पोर पनि, भत्काईदिन्छु वाख्राको खोर पनि’ बोलको गीत गाएर एकाएक चर्चामा आएका गायक प्रकाश ओझा अहिले सेलाए जस्तै देखिएका छन् । यसपछि यौन कान्डमा फसेकाले पनि प्रकाश ओझेलमा परेका हुन् ।
तर अब उनी सिनेमाको निर्देशनमा कम्मर कसेर लागेका छन् । प्रकाश ओझाले बनाउन लागेको नयाँ सिनेमाको नाम जुरिसकेको छैन । तर यो सिनेमामा नायक जिवन लुईटेलका भाई निराजन लुईटेल नायकको रुपमा रहने पक्का जस्तै छ । प्रकाशले सम्झौता भैनसके पनि निराजन नायक हुने पक्का भएको बताए । तर, निराजनलाई निरोजको नामबाट मिडियामा ल्याउने योजना निर्माणपक्षको छ । निराजनलाई सिनेमामा लिनुको कारणबारे निर्देशक ओझाले भने, ‘उ हरेक कोणबाट नायक बन्ने खालको छ । यस्तै, उसँग मेरो नजिकको सम्बन्ध पनि छ ।’ ६ महिना अघि देखि नै सिनेमा बनाउने योजना बनाए पनि सुरु गर्न नसकेको प्रकाशले बताए ।
चलचित्र बनाउनुको कारणबारे सोध्दा उनले भने, दमक, धरान, विर्तामोड लगायतका ठाउँहरुलाई चिनाउन सिनेमा बनाउन लागेको बताए । चलचित्र थि्रलर र कमेडि धारमा बन्न लागेको निर्माणपक्षको भनाई छ ।
अनलाइनखबर

0 comments:

Post a Comment