दमक ।
५ दिनदेखि बेपत्ता भएका झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४ जना बालक अझै फेला पर्न सकेका छैनन् ।
गत २१ गतेदेखि वेपत्ता भएका बेलडाँगी-१ सेक्टर सी२ छाप्रो नम्बर ११२ का नन्दलाल गुरुङका छोरा १२ बर्षिय विर्जु, र ११३ का भिमबहादुर गुरुङका छोरा १० बर्षिय रमेश, सेक्टर जी३, ३५४/३५५ का सुकवीर सुब्बाका छोराहरु १३ बर्षिय दिपेन र १० बर्षिय दिपेश अझै फेला नपरेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ग्रीन भ्याली एकेडेमीमा अध्ययनरत उनीहरू पढ्न भनी २१ गते विहान साढे ८ बजे घरबाट हिँडेपनि उनीहरू त्यो दिन विद्यालयसमेत नपुगेको विर्जुका बाबु नन्दलालले बताए । रमेश र दिपेश ३ कक्षामा, विर्जु ४ कक्षामा र दिपेन ५ कक्षामा पढ्दै गरेको परिवारजनले बताए ।
परिवारले उनीहरूको खोजीका लागि दमक प्रहरी र सशस्त्र प्रहरी बेलडाँगीमा फोटोसहित निवेदन दिएका छन् ।
पुर्बेली टाईम्स
0 comments:
Post a Comment