Breaking News
Loading...
Thursday, September 27, 2012

Info Post

चलचित्र ‘ए.टि.एम.’ निर्माण गरेपछि यसका निर्माता तथा कलाकार दिनेश थापा अनुहार छोपेर बजारमा हिडेका खबरहरु आईरहेका छन् । तर अब यस्तै समस्या चलचित्रका निर्देशक यादव सिलवाललाइ पनि परेको छ ।
‘ए.टि.एम.’ निर्देशन गरेपछि सर्वाधिक विवाद र आलोचनाको घेरामा परेका यादवले मिडिया र चलचित्रकर्मीलाई झुक्काएर एक सिनेमाको निर्देशन गरेका छन् । चलचित्र ‘जिगिलो’ को शुभमुहुर्तमा निर्देशकको नाम तिलक नेवा भनिएको थियो । नेवा सिक्किममा रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै पत्रकारलाई निर्माणपक्षले झुटो समाचार दिएको थाहा भएको छ ।
तर चलचित्रको निर्देशन तिलक नेवाले नभई ‘ए.टि.एम.’ सिनेमा निर्देशन गरेर विवादमा आएका यादव सिलवालले गरेको अनलाईनखबर श्रोतले बताएको छ । चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ । चलचित्रमा ‘ए.टि.एम.’ कै नायिका जिया के.सीलाई पनि निर्माणपक्षले छायांकन सुरु भएपछि सुटुक्क अनुवन्धित गरेको थियो । पुरुष वेश्याको कथामा आधारित यो सिनेमामा नायिका के.सीले ‘ए.टि.एम.’ को भन्दा वढि उत्तेज दृश्य दिएको थाहा भएको छ । अनलाईनखबरसँग कुरा गर्दै नायिका के.सीले आफुले यो सिनेमामा ‘ए.टि.एम.’ को भन्दा पनि उत्तेजक दृश्य दिएको बताएकी छिन् ।
नायिका के.सीले चलचित्रमा पुरुष वेश्याहरुलाई भाडामा लिएर आफ्नो सेक्स चाहना पुरा गर्ने महिलाको भुमिकामा अभिनय गरेकी छिन् । प्रभावकर श्रेष्ठले निर्माण गरेको चलचित्र ‘जिगिलो’ मा समावेश गरिएका उत्तेजक दृश्यले यो सिनेमा प्रदर्शन अघि विवादमा आउने छनक देखिएको छ ।
 अनलाइनखबर

0 comments:

Post a Comment