मुम्बई, असोज ९ (एजेन्सी)- पोर्नस्टार सन्नी लियोनीलाई दर्शकले 'जिस्म २' बाट बलिउड कलाकारका रूपमा स्वीकार गरे। तर, सन्नीप्रतिको रुचि फिल्मको पर्दामा मात्र सीमित देखिएको छ। समाजमा चाहिँ उनलाई पोर्न स्टारकै रुपमा हेरिएको छ । बलिउड करियर सुरु गर्न बलिउड राजधानी मुम्बईमा सन्नी आफ्ना पति डेनियल वेबरसहित डेरा जमाउन खोज्दैछिन्।
तर, खबर अनुसार मुम्बईका धेरैजसो घरमालिक मात्र होइन छरछिमेक पनि आफ्नो टोलमा सन्नीलाई राख्न तयार छैनन्। उनलाई बलिउड हिरोइन भन्दा पनि पोर्न स्टारको रुपमा नै सबैले चिन्ने भएकाले घरधनी डेरा दिन हिच्किचाइरहेका छन् ।
सन्नी दम्पती फ्ल्याटका लागि राम्रो पैसा तिर्ने सुरमा छन् तर घर भेटिरहेको छैन।
पूजा भट्टद्वारा निर्देशित 'जिस्म २'पनि सन्नी बलिउडको अर्को फिल्म 'रागिनी एमएमएस २'मा अभिनय गर्ने तरखरमा छिन्। दर्शकले रुचाए आफू बलिउडमै बस्ने सन्नीले बताइसकेकी छन्।

0 comments:
Post a Comment