Breaking News
Loading...
Friday, September 7, 2012

Info Post
बेइजिङ, भाद्र २२, दक्षिण-पश्चिम चीनको युन्नान र गुईझाउ प्रान्तमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । जसमा परि कम्तीमा ६५ जनाको मृत्यु भएको छ भने अन्य ७१५ जना मानिसहरू घाइते भएका छन् । भूकम्पका कारण २०,००० भन्दा धेरै घरहरूमा क्षति पुगेको बताइएको छ ।  आधिकारिक मीडियाका अनुसार, स्थानीय समयानुसार विहान ११ बजेर १९ मिनेट जाँदा यो भूकम्प आएको थियो ।
यस भूकम्पका कारण छिमेकी गुईझाउ प्रान्तको वेइयिङ यीलियाङ काउन्टी र युन्नानको यिलियाङ काउन्टीको सिमा क्षेत्रमा धेरै प्रभाव परेको बताइएको छ ।
यस भूकम्पको केन्द्र २७.५ डिग्री उत्तरी अक्षांश र १०४.० डिग्री पूर्वी देशान्तरमा करिब १४  किलोमीटरको गहिराईमा रहेको बताइएको छ । भूकम्पमा मर्नेहरू सबै यीलियाङ काउन्टीका रहेका छन् । युन्नान प्रान्तको गृह विभागका अनुसार २०,००० भन्दा धेरै घरहरू क्षतिग्रष्त भएका छन् ।

भूकम्पको केन्द्र यीलियांङ भन्दा १५  किलोमीटर टाढा रहेको बताइएको छ । प्रान्तीय सिस्मोलोजिकल ब्यूरोका अनुसार, दिउसो एक बजे सम्म अन्य १६ वटा झड्काहरू महसुस गरिएको थियो । जसको सबैभन्दा ठुलो तीव्रता भने ५.६ रेक्टर स्केल रहेको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतकर्मीहरू व्यापक रूपमा परिचालन गरिएको बताइएको छ । गुईझाउ प्रान्तबाट भने अहिले सम्म कुनै जनधनको क्षतिको सूचना नआएको बताइएको छ । तर भूकम्पले वेइनिङ काउन्टीमा भने केही घरहरूमा क्षति पुगेको कुरा सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
(मिडिया एनपी /एजेन्सी)

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment