मुम्बई - करिना कपुर चाँडै नयाँ भूमिकामा देखिने भएकी छन्। बेबो उपनामले परिचित बलिउड अभिनेत्री कपुरले प्रकाश झाको नयाँ फिल्म 'सत्याग्रह'मा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्।
फिल्मको कथा एक चर्चित पत्रकारबाट प्रभावित भएको र ती पत्रकार आफ्नो रिपोर्टिङका कारण चर्चामा आइरहने नवभारतटाइम्सले जनाएको छ। प्रकाशका अनुसार फिल्ममा वास्तविकता प्रस्तुत गर्न करिनाले ती पत्रकारको न्युज कभरेज र उनको सो हेर्नेछिन्।
खास कुरा के हो भने अभिनेत्री करिनाले ती पत्रकारको ड्रेस र फेसन स्टाइलसमेत पछ्याउनेछिन्।
स्रोतका अनुसार करिनाले आफ्नो छुट्टै पहिरनलाई प्रस्तुत गर्नेछिन। उनले सलवार-सर्टजस्ता पहिरन छाडेर स्टाइलिस पहिरन प्रस्तुत गर्नेछिन्। 'जुन बेला यो पात्रबारे कथा लेखिँदै थियो, त्यतिबेला एउटा पत्रकारकै खाँचो थियो,' प्रकाशले भने, 'मलाई उनको रिपोर्टिङको गहिराई र पाठकसँगको कनेक्सन धेरै राम्रो लाग्छ।'
फिल्ममा करिना पक्कापक्की भए पनि अभिनेता को हुने भन्ने जिज्ञासा हुनु स्वभाविक हो। प्रकाशका अनुसार फिल्ममा अजय देवगनले करिनासँग रोमान्स गर्नेछन्। जसमा अजयको प्रेम स्टाइल अलि फरक हुनेछ। फिल्ममा टिपिकल प्रेमको अलवा एउटा व्यवहारिक तथा परिपक्व सम्बन्ध कायम हुने प्रकाशको कथन छ। पत्रकारको भूमिकामा अभिनेत्री करिना कपुरले कतिको न्याय दिने हुन् त्यो त सत्याग्रह रिलिज भएपछि मात्र थाहा हुनेछ।
- एजेन्सी

0 comments:
Post a Comment