Breaking News
Loading...
Friday, September 7, 2012

Info Post

फेसबुक बन्द भए के होला ?


 सबैले आफ्नो काम गर्ने मौका पाउँथे होलान्। फेसबुक बन्द भयो भने देश र युवाहरूको प्रगति हुन्छ। अर्को कुरा फेसबुक बन्द भयो भने टे लिफोनको बिल पनि बढ्नेछ।
आरती आचार्य मोडल, भिजे

मेरो फेसबुक प्रोफाइल बन्द त हुन्छ नै, संसार टेक्नोलोजीबाट एक स्टेप ब्याक पनि हुन्छ, फेसबुक अचानक बन्द भए संसारका आधा जनता  बौलाउँछन्, संसारमा हाहाकार मच्चिन्छ। यो एक प्रकारको नसाजस्तै भैसकेको छ। 
युवराज चौलागाईं, गायक

ओहो त्यसपछि आफ्नो मुभी र प्रोडक्टको फ्रि प्रोमोसन पनि बन्द भैहाल्यो नि। म यो गर्दैछु, त्यो गर्दैछु भनेर फोन गरी-गरी सबैलाई भन्नुपर्ने  हुन्छ। घर बसी-बसी सबैसँग कुराकानी गर्ने क्रम पनि बन्द हुन्छ, एउटा फेसबुक बन्दले धेरै कुरा बन्द हुन्छ। 
एसराज गराच, नायक

फेसबुक बन्द भयो भने...............मसाल जुलुस............नेपाल बन्द, अनि धेरै कुरा हुन्छ.......फेसबुक बन्द हुँदाको अवस्थाका कुरा  पत्रिकाभरि लेख्दा पनि नअट्ला.....।
प्रभात रिमाल, इभेन्ट म्यानेजर

हिजो नहुँदा जस्तो थियो, त्यस्तै हुने त हो नि, खासै कुनै पहाडै खस्दैन, न त बाढी नै आउँछ, तर यति धेरैको ट्रयाजेटी हुन्छ.......जे भए पनि  फेसबुक नभए जिन्दगी नचल्ने होइन क्यारे ! 
सिन्धु पोख्रेल, रंगकर्मी
साप्ताहिकबाट 

0 comments:

Post a Comment