धरान, भाद्र २४ – एक महिनासम्म बन्धक भएर यौन उत्पीडनमा परेकी एक किशोरीलाई इलाका प्रहरी कार्यालय धरानले शनिबार बेलुका धरान–८ स्थित भोटेपुलबाट उद्धार गरेको छ ।
उदयपुरको हटिया बस्ने परियार थरकी १४ बर्षीया किशोरीलाई घरमा काम खोजी दिने आश्वासन दिएर फकाएर इटहरीबाट घरमा ल्याइ ३२ बर्षीय राज लिम्बूले एक महिना सम्म बन्धक बनाएको प्रहरीले जनाएको छ । लिम्बुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
आमा अर्कै युवकसँग विवाह गरेको र बाबुले कान्छी आमा लिएर हिँडेपछि हजुरबा हजुरआमासँग बस्दै आएकी उनी काम खोज्दै उदपुरबाट बसमा दमक आउँदा सुनसरीको भण्टाबारीमा राज लिम्बुले काम खोजी दिने भनेर फकाएको किशोरीले बताइन् । घरमा ल्याएपछि सहारा दिने भन्दै शारिरिक सम्बन्ध राख्न बाध्य बनाएको उनले बताइन् ।
राज लिम्बुको घरबाट भाग्दा हल्ला भएपछि छिमेकीले प्रहरीलाई सूचना दिएपछि किशोरीको उद्धार भएको हो । लिम्बु विरुद्ध बन्धक बनाएर जवर्जस्ती करणी गरेको मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाएको प्रहरी निरिक्षक देवी फागोले बताए ।
0 comments:
Post a Comment