राजेश हमालले बहिनी मान्ने गरकी मैनाको सोमवार निधन भएको छ।उनी निमोनियाबाट पिडित थिइन,उनको जोरपाटीमा रहेको एक अस्पतालमा मृत्यु भएको हो ।
राजेश हमाले मैनालाई धर्म बहिनी बनाएर १६ वर्ष यता उनकै हातबाट तिहारमा टिका लगाउँदै आएका थिए ।
उनलाई नायक राजेशले चलचित्र अपराधको छायाङकनको समयमा भेटेका थिए।
नायक राजेशका अन्य कार्यक्रममा समेत मैनाको उपस्थिति हुने गर्दथ्यो। शारीरिक रुपमा कमजोर मैनाको राजेशले विशेष ख्याल राख्ने गरेका थिए ।हाल राजेश एक कार्यक्रमको लागि नेपालगञ्ज रहेका छन।
0 comments:
Post a Comment