भारतको चलचित्र महासंघ एफएफआइले यो वर्षको अन्तराष्ट्रिय ओस्कार अवार्डका लागि पठाउन १६ वटा फिल्म छनोट गरेको छ ।
हरेक वर्ष महासंघले एकेडेमी अवार्ड भनिने ओस्कारका लागि केही चर्चित बलिउड तथा अन्य भारतीय फिल्म चयन गरेर ओस्कार अवार्ड छनोट समितिमा पठाउने गरेको छ ।
ओस्कारको छनोट टोलीले भारतबाट गएका १६ चलचित्रमध्ये एउटा छान्नेछ र सोही फिल्मले ओस्कार अवार्डको उत्कृष्ट विदेशी भाषाको फिल्म विधामा भारतीय फिल्मको प्रतिनिधित्व गर्नेछ ।
ओस्कारका लागि प्रारम्भिक छनोटमा परेका फिल्ममो ग्यांग्स अफ वासेपुरका दुवै भाग, बर्फी, पान सिंह तोमार, कहानी तथा द डर्टी पिक्चर लगायतका छन् । त्यस्तै दुइवटा दक्षिण भारतीय फिल्म पनि ओस्कारका लागि छनोट गरिएको छ ।
भारतीय चलचित्र महासंघले १६ वटा फिल्मको सूचि तयार गरेर ओस्कार छनोट प्यानलमा पठाएको भएपनि कुन चलचित्र अन्तिम रुपमा छनोट हुने हो र ओस्कारमा भाग लिन पाउने हो ? त्यो भने भन्न सकिने अवस्था छैन । तर विद्या बालनले अभिनय गरेको ‘कहानी’ तथा रणविर कपूर लगायतको अभिनय रहेको ‘बर्फी’ लाई मुख्य दाबेदार मानिएको छ ।

0 comments:
Post a Comment