Breaking News
Loading...
Sunday, September 23, 2012

Info Post

एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५ ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ ।
आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन तथा ग्यालेक्सी नोटको मुल्य २ देखि ३ हजार भन्दा बढिसम्म घटाएको छ । सामसुङले आफ्नो पछिल्लो बहुचर्चित तथा लोकपि्रय प्रडक्ट ग्यालेक्सी एस थ्री को मुल्य ३५ सय भारु घटाएर ३५ हजार ४ सय ९९ भारु कायम गरेको छ । यस्तै ग्यालेक्सी नोटको मुल्यमा ३ हजार घटाउँदै २९ हजार ९ सय ९० भारु कायम गरिएको छ । यस्तै ग्यालेक्सी एस टू मा पनि २ हजार भारु मुल्य घटाइएको छ ।
यो सँगै सामसुङले आफ्नो आगामी प्रडक्ट ग्यालेक्सी नोट टू को पि्र अर्डर लिन समेत सुरु गरेको छ । सामसुङले आइफोनतर्फ बढिरहेको उपभोक्ताको ध्यान मोड्नका लागि आफ्ना प्रडक्टको मुल्य घटाएको भएपनि त्यसले एप्पलका फ्यानलाई सामसुङका स्टोरसम्म कत्तिको तान्नसक्छ ? त्यो हेर्न भने बाँकी नै छ ।
Onlinekhabar

0 comments:

Post a Comment