Breaking News
Loading...
Tuesday, September 18, 2012

Info Post
सर्वाधिक आशा गरिएको चलचित्र ‘फेसबुक’ असफल भएपछि नायिका झरना थापाको करिअरमा ठुलै धक्का लागेको छ । चलचित्र ‘फेसबुक’ असफल हुनुको मुख्य कारण नायिका थापा नै रहेको समिक्षा भयो ।झरनाको ठाउँमा कुनै नयाँ नायिका भइदिएको भए ‘फेसबुक’ ले राम्रै बजार लिन सक्थ्यो भन्ने समिक्षाले उनको क्रेजमा धक्का लागेको हो । विगत २ बर्षयता झरनाले अभिनय गरेका सबै सिनेमा असफल छन् ।

चुर्लुम्ब डुबेको झरनाको क्रेजलाई उठाउने हतियारको रुपमा चलचत्रि ‘ॐ’लाई हेरिएको छ । असोज ५ गतेबाट देशभरका हलमा रिलिजमा आउन लागेको यो चलचित्रमा नायिका थापा भिन्न भुमिकामा देखिएकी छिन् । झरनालाई चलचित्रमा शारिरिक रुपमा कमजोर युवतीको भुमिकामा हेर्न सकिन्छ । चलचित्रमा उनको भुमिकालाई दर्शकले रुचाउने निर्माणपक्षको आशा छ । यस्तै झरनाले यो चलचित्रमा आफुलाई भरपुर ग्ल्यामर देखाउने प्रयास गरेकी छिन् । सुमन सिंहसँगको एक गीतमा झरना टपलेस देखिएकी हुन् ।

करण क्रेजीको निर्माणमा तयार भएको यो सिनेमालाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा झरनाका अलवा सुमन सिंह, करण क्रेजी लगायतका कलाकारको अभिनय छ ।

0 comments:

Post a Comment