नायक राजेश हमाल हिजोआज फुर्सदिलो बनेका छन् । छानेर सिनेमा खेल्ने सोचाई बोकेकाले उनी फुर्सदिलो बन्न पुगेका हुन् । फुर्सदिलो भएपछि हमालसाग समय मिलाउन निर्माता निर्देशकलाई खासै अप्ठ्यारो परेको छैन ।
हमाल चलचित्र ‘किन किन’ को डविङ गर्ने तयारीमा छन् । सम्पादन समेत आफै बसेर गरेका उनीे सिनेमाको डविङका लागी पनि उत्तिकै उत्साहीत छन् । शनिबार चलचित्रको डविङका लागी प्राईम स्टुडियो पुगेका उनी डविङ नै नगरी फर्किए । हमाल सिनेमा हेरेर केही दिनमा डविङ गर्ने भन्दै हिडेका थिए । चलचित्र ‘किन किन’ मा हमालले नव नायिका अरुणिमा लामासाग खुलेरै वेड सिन र चुम्बनका दृश्य दिएका छन् ।
डविङ गर्न पुगेका राजेश सिनेमा हेरेपछि सेक्सी आवाज निकाल्नु पर्ने रहेछ, आज नगरौ भन्दै हिडेका थिए । उनले ‘म नेपालगञ्ज गएर आउछु अनि मात्र गरौला’ भनेको निर्देशक उकेश दाहालले जानकारी गराए । केही दिन सेक्सी आवाज निकाल्न सिक्ने भन्दै हमाल डविङ नै नगरी हिडेका हुन् । चलचित्रमा नायिका अरुणिमा लामासाग थुप्रै सेक्सका दृश्य दिएकाले पनि हमालले कामुक आवाज निकाल्ने तयारी गरेका छन् ।
राजेश सोमबार डब्लु.डब्लु.एफ को कार्यक्रमका लागी नेपालगञ्ज जान लागेको उनका सहयोगी चिरञ्जिवी आचार्यले बताए । ‘किन किन’ लाई लिएर उत्साहीत बनेका हमालले दृश्यले मागेजस्तै आवाज निकाल्ने तयारी गरेका छन् । उनको सेक्सी आवाजको प्रतिक्षा दर्शकले गरिरहेका छन् ।

0 comments:
Post a Comment