हास्यश्रृङ्खला ‘मेरी बास्सै’ बाट चर्चित बनेकी अप्सराको रुप देखेर गायक मिलन लामा पनि भुतुक्कै भएका छन् । ‘करिमा म्युजिक एन्ड ईभेन्ट म्यानेजमेन्ट’ ले काठमाण्डौमा आयोजना गरेको तीज विशेष कार्यक्रममा अप्सराले सबैलाई नचाएकी हुन् ।
लोकगीत गाउनका लागि स्टेजमा उत्रिएका मिलन अप्सराको रुप देखेर थामिन सकेनन् र उनलाई स्टेजमै बोलाए । स्टेजमा पुगेकी अप्सराले पनि दिल खोलेर नाचिन् । उनले राष्ट्रिय सभागृहको हलमा उपस्थित दर्शकलाई पनि नचाइन् ।
कार्यक्रममा रामजी खाँड, स्वरुपराज आचार्य लगायतका कलाकारले पनि स्टेज तताएका थिए । कार्यक्रम हेर्नका लागि राष्ट्रिय सभागृहको हल खचाखच भरिएको थियो ।- Onlinekhabar

0 comments:
Post a Comment