Breaking News
Loading...
Thursday, September 13, 2012

Info Post

भदौ २८ - चलचित्र क्षेत्रमा महिला निर्देशकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ । सुचित्रा श्रेष्ठ र रक्षा सिंह  महिला निर्देशकको रुपमा चलचित्र क्षेत्रमा देखा परेका थिए भने अब फुच्ची प्रिया पनि चलचित्र निर्देशनमा देखा पर्ने भएकी छन् । प्रिया 'कस्मेटीक लब' नामक चत्रलचित्र बाट निर्देशकको रुपमा देखा पर्न लागेकी हुन् । चलचित्रको हाल छायांकन तयारी भैरहेको छ । प्रियाले निर्देशन गर्ने चलचित्र यो नै पहिलो भए पनि निर्देशन यात्रामा यो नै पहिलो भने होइन । सुबेदार सायब, मिस डेस्टिनेसन  लगायत आधा दर्जन जति छोटो चलचित्र उनको निर्देशनमा तयार भैसकेका छन् भने दर्जन हाराहारीमा म्युजिक भिडीयो निर्देशन समेत गर्न भ्याएकी छन् । गायक टंक बुढाथोकीको फलोमि एल्बमको आई लभ यु र ओे वाई बाई बोलको गितको म्युजिक भिडीयो उनले पछिल्लो समय निर्देशन गरेका भिडीयो हो जुन सांगितीक बजारमा चर्चा कमाउन पनि सफल भएको छ ।

प्रियाले भनिन् -'म्युजिक भिडीयो र छोटो चलचित्रको अनुभब ठुलो पर्दामा उतारु भनेर चलचित्र  निर्देशन गर्न लागेको हो।'  चलचित्र निर्देशनको अलवा आफ्नै कम्पनि स्पिड मिडीया समेत संचालन गरेर ब्युटि र फेसन सम्बन्धी र्याम्प सोहरु समेत गर्दै आयकी प्रिया सानै देखिका रुचिका कारण निर्देशनमा हात हालेको बताउछिन् । चलचित्र निर्देशनका अलवा चलचित्र लेखन र अध्ययनलाई संग संगै अगाडी बढाई रहेकी प्रिया आमा बुबा को साहारा बिना संघर्ष गर्न निकै गार्हो रहेको बताउछिन् भन्छीन् एक जना केटी मान्छे छ जसले मलाई अहिले आमा बुबा दुबैको माया दिएको छ । उनै मेरो भगवान हो । सिक्षा संकायमा ब्याचलर सम्मको अध्यएन सकाएर चलचित्र अध्ययनमा लागेकी प्रियाले चलचित्र निर्देशले आफ्नो अध्ययनलाई अझ टेवा पुर्याउने बताउछिन्। आफु सधै चुनौती पुर्ण काम गर्न रुचाउने भएकोले नै अहिले चलचित्र निर्देशन गर्न लागेको बताउने प्रियाले निर्माण गर्न लागेको चलचित्र 'कस्मेटीक लब' मा युवाहरुको साथी सर्कुलर, माया प्रेम लगायतका बिषय बस्तु रहन उनले बताइन् ।
#Glamour Nepal

0 comments:

Post a Comment