मुम्बई, असोज १४ (एजेन्सी) - रामगोपाल वर्माको फिल्म भुत रिटर्नसबाट बलिउड फर्किएकी हिरोइन मनिषा कोइरालाले फिल्मी करिअरमा गलत फिल्म छानेर भूल गरेको स्वीकारेकी छिन्। फिल्मबाट ब्रेक नलिनुलाई उनले जीवनकै भूल भनेकी छिन्। 'मेरो रुची मेरो कामभन्दा धेरै फरक बन्यो, त्यसैले गर्दा मैले जथाभावी फिल्महरु लिएँ। त्यतिखेर मैले ब्रेक लिनुपर्थ्यो। काम मैले मेरो लागि गर्नुपर्थ्यो,'
मनिषाले भनिन्, 'पछि मैले ब्रेक त लिएँ तर ढिलो भइसकेको थियो।'
बलिउडमा मनिषाले सौदागर, १९४२ अ लभ स्टोरी, बम्बे, खामोसी:दी म्युजिकल, दिल सेजस्ता सफल र चर्चित फिल्म खेलेकी थिइन्। सन् २०१० मा साम्राट दाहालसँग विवाह गरेकी उनको पछिल्लो फिल्म आइ एम हो।
हिरोइन कोइरालाले आफ्ना गल्तीबाट राम्रो पाठ सिकेको बताइन्।
'गलत फिल्ममा काम गर्नुलाई एक पटक शिक्षा लिनका लागि ठिकै पनि होला तर मैले लगातार गलत फिल्महरुमा काम गरिरहेँ,' ४२ वर्षीय कोइरालाले भनिन्।
बिहेको छोटो समयमा नै उनको सम्वन्धमाथि अनेकखाले अड्कलवाजी सुरु भए। तर मनिषा यसलाई निजी कुरा बताउँछिन्। 'म यसबारे केही बोल्न चाहन्न। यो मानिसको जीवनको ज्यादै संवेदनशील विषय हो। अहिले म खुशी छु,' उनले भनिन्।
उनको भुत रिटर्नस् अक्टोबर १२ मा रिलिज हुँदैछ। मेरो भूल थियो

0 comments:
Post a Comment