Breaking News
Loading...
Tuesday, September 11, 2012

Info Post
२० बषिर्य दुर्गा गुरुङले मिस नेपाल युके २०१२को उपाधि जितेकी छिन् । आइतवार साँझ फार्नबोरोमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले अन्य प्रतिस्पर्धीलाई उन्छिन्दै टाइटल हात पारेकी हुन् । बेलायतमा बिजनेस एडमिनिस्ट्रेसन पढिरहेकी २० बषिर्य दुर्गा हाल बाबु आमासँगै बेलायत वस्दै आएकी छिन् । उपाधिसँगै उनले ८ सय पाउण्ड नगद पुरस्कार हात पारेकी छिन् । उपाधि जितेपछि उनले बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने बताइन् ।

प्रतियोगितामा पारिका आलेले फष्ट रनरअप र नयन गुरुङले सेकेन्ड रनरअपको उपाधि जिते । उनीहरुले क्रमशः ५ सय र तीन सय पाउण्ड पुरस्कार जिते ।
मिस बेष्ट फिगरको उपाधिसमेत दुर्गाले नै जितिन् । मिस ट्यालेन्टमा परिका आले, मिस पब्लिक च्वाईसमा रोजी ओली, मिस क्याटवाकमा टिना पुर्जा र मिस पर्सनालिटी नयना गुरुङले जिते ।
सन् २०१० बाट बेलायतमा मिस नेपाल युके प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसअघि नविना गुरुङ र गौमाया गुरुङ सो उपाधि जितिसकेका छन् ।
अनलाइनखबर

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment