Breaking News
Loading...
Wednesday, September 12, 2012

Info Post

२६ भदौ, एजेन्सी ।
कहिलेकाहिं अचम्म अचम्मको घटना हुने गर्छ । एउटा गर्न खोज्यो अकोृ भइदिन्छ । भनिन्छ नि आफु ताक्छु मुढो बन्चरो ताक्छ घुंडो । यस्तै भएको छ चीनमा । आत्महत्या गर्न समुन्द्रमा हामफालेका ब्यक्ति नयाँ रेकर्ड बनाउँदै बाँचेर फर्केका छन ।
चीनका एक व्यक्तिले आत्महत्या गर्ने कोशिस गर्दा पौडिने कार्यमा रेकर्ड बनाएका हुन । आत्महत्याको प्रयासमा विश्वको सबैभन्दा खतरनाक समुन्द्र मानिने वाली हांगू खाडीमा हामफालेका ती व्यक्तिले १० किलमिटरको दूरी पौडेर नयां विश्व किर्तिमान कायम गरेका हुन ।
नामुद पौडिवाज समेत पौडिन डराउने यो खाँडीमा १० किलोमिटरको दूरी पार गर्ने उनी पहिलो व्यक्ति हुन् । श्रीमतिसंग पारपाचुके भएको आवेगमा आत्महत्या गर्न हामफालेका उनले एक्कासी नमर्ने निर्णय गर्दै खाडीँमा १० किलोमिटरको दूरी पौडेर निस्केको बताएका छन ।
चीनको झोजियाङ्ग प्रान्तको राजधानी झांगयू प्रान्तमा बस्ने शू मंगलबारे राती कार लिएर हायू खाडीको पूलमा आत्महत्या गर्न पुगेका थिए ।

0 comments:

Post a Comment