Breaking News
Loading...
Sunday, September 23, 2012

Info Post
यी तस्वीरहरु देख्दा तपाइँलाई लाग्नसक्छ अवश्यपनि यी सुन्दरीहरु कुनै भव्य मेलामा भाग लिइरहेका छन् । यी कुनै अपराध गरेर जेलभित्र कैदी जिवन बिताइरहेका युवतीहरु हुन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर वास्तवमा यी युवतीहरु विभिन्न अभियोगमा जेल सजायँ भोगिरहेका कैदीहरु हुन् जो कैदी सुन्दरी प्रतियोगितामा भाग लिइरहेका छन् ।

कोलम्बियाको राजधानी बोगोटामा रहेको एक महिला बन्दीगृहमा रहेका कैदी बन्दी युवतहरुबीच कैदी सुन्दरी प्रतियोगिताको हालै आयोजना गरिएको छ । उक्त प्रतियोगितामा लागुऔषध ओसारपसार, हत्या तथा डाँका लगायतका मुद्दामा जेल परेका युवतीहरुले समेत मज्जाले भाग लिएर आफ्नो जवानी तथा कला प्रस्तुत गरे । उनीहरुले निकै कलात्मक पहिरनमा क्याटवाक समेत गरे ।

उक्त जेलमा वर्षेनी यस्तो प्रतियोगिता हुने गरेको छ र जेल प्रशासनले यो प्रतियोगितालाई कैदीहरुलाई सामान्य जिवनमा फर्काउने एक प्रकारको पुनस्र्थापना कार्यक्रमको रुपमा अघि बढाउने गरेको छ । यो पालाको प्रतियोगितामा हरेक ब्लकबाट एक जना गरी ९ जना कैदी सुन्दरीहरुले भाग लिए । अरु सबैलाई पछि पार्दै इम्मा अर्डिनोलाले कैदी सुन्दरीको ताज पहिरिन् । हेरौँ जेलभित्रका सुन्दरीहरुको प्रतियोगिताका केही झलक

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment