Breaking News
Loading...
Monday, September 3, 2012

Info Post
सिनेमाको पर्दामा रोमान्टिक रोलमा प्रस्तुत हुने कलाकार विल्सन विक्रम राई अर्थात् तक्मे बुढाको लभ चक्कर पनि निकै रोमान्टिक खालको नै रहेछ । उनी नर्सरीमा पढ्दापढ्दै लभमा  परेका रहेछन् । त्यो पनि आफैलाई पढाउने म्यामसँग । विल्सनलाई नर्सरी क्लासमा हुँदा ती म्याम औधी मन परेको रहेछ । तर उनले आफूलाई ए. बि. सि. डी. पढाउने म्यामलाई प्रपोज गर्ने आँट भने गर्न सकेनछन । विल्सन हाँस्दै भन्छन, ‘खासमा म्यामप्रति मेरो बाल आकर्षण मात्र थियो ।’ पछि म्यामले अकैसँग लगनगाँठो कसेपछि म्यामप्रतिको आकर्षण हटेर गएको उनले बताए ।


अबोध अवस्थामा दिलमा सजाएकी म्यामलाई अर्कैले हडपेपछि पन्ध्र वर्षसम्म विल्सनले चाहेर पनि अन्य सुन्दरीलाई दिलमा सजाउने चान्स पाएनन । सय वर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली उखान उनमा पनि लागु भयो । १५ वर्षको किशोर अवस्थामा पाइला टेके लगत्तै विल्सनले पनि एक सुन्दर युवतीको मनमा पाईला टेक्ने अवसर पाए ।

विल्सन त्यो क्षण सम्झदा अहिले पनि उत्तिकै रोमाञ्चित हुन्छन् । कसरी ईन्गेज भइयो ? भन्ने प्रश्नमा उनी भन्छन, ‘म डान्स क्लास जान्थे, त्यही कति बेला ईन्गेज भइयो पत्तै भएन ।’ डान्स क्लासमा जोडिएको उनीहरुको नाता करिब ६ महिनासम्म चल्यो रे । त्यस पछि भने उनीहरुको प्रेमको यात्राले ब्रेक पायो रे । ‘ ब्रेकअप भएको ७ वर्ष पछि भेट्दा उनको त २ वटा नानीहरु पो भइसकेछन्’ हाँस्दै  उनी भन्छन् ‘लाजले म त गफै नगरी टाप ठोके’ ।


नर्सरी क्लास देखी डान्स क्लाससम्मको रोचक प्रेमको स्वाद चाखेका विल्सन अहिले पनि एउटीसँग डिप लभमा परेका छन् रे । दुई वर्ष अघि एक सांस्कृतिक कार्यक्रममा भेटिएकी फ्यान नै हाल उनकी प्रेमिका हुन् । कार्यक्रममा भएको भेट पश्चात  मोबाइल नम्बर साटासाट गरे पछि क्रमश बाक्लिदै गएको फोनवार्ता कतिबेला अफेयर्समा परिणत भयो उनलाई थाहा छैन । आफु र आफ्नो क्षेत्रलाई निकै बुझ्ने खालकी प्रेमिका फेला पारेकोमा विल्सन निकै दंग छन् । अध्ययनको क्रममा अमेरिकामा रहेकी प्रेमिकासँग २ वर्ष पछि घरजम गर्ने सुरमा छन विल्सन ।  

Click Here To Watch Latest Interview With Takme Buda

0 comments:

Post a Comment