Breaking News
Loading...
Monday, September 3, 2012

Info Post

भुटानका माओवादी नेताहरू शरणार्थीका रूपमा तेस्रो देश पलायन
- चेतन अधिकारी
महिना दिनअघि मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरका छाप्रामा पर्चा आतंक फैलियो। मध्यराती भुटान कम्युनिस्ट पार्टी (मालेमावादी)का नाममा नेपाली र अंग्रेजी पोस्टर आफ्ना भित्तामा टाँसिएको थाहा पाएपछि शरणार्थीले हतपत च्यातचुत पारेर फाले। प्रहरीले यसको सुइँकै पाएन। अमेरिका जान खुट्टा उचालेका उनीहरूलाई शिविरमा पोस्टर टाँसिएको खबर सार्वजनिक भए प्रक्रिया रोकिने डर थियो।
पार्टीका कार्यवाहक महासचिव विक्रमको हस्ताक्षर रहेको पर्चामा तेस्रो देश पुनःबासको तीव्र विरोध गर्दै त्यसमा सामेल सदस्यको साधारण सदस्यता खारेज गर्ने निर्णय लेखिएको थियो। र, आफ्नै देशका शासकहरूबाट हेपिएर र पेलिएर लखेटिँदै पूर्वी नेपालमा आइबसेका भुटानी शरणार्थीको शिविरमा भुटान कम्युनिस्ट पार्टीको संगठन विस्तार सुरु भएको थियो। नेपालमा माओवादीले ‘जनयुद्ध’का नाममा फौजी कारबाही चलाउँदा आफ्नो शिविरलाई आश्रयस्थल बनाएकाले पनि शरणार्थीहरू माओवादीबाट प्रभावित भएका थिए। “नेपालका माओवादीले पाएको सफलताबाट उत्साहित भएर भूमिगत आन्दोलन मच्चाउन तयार भएका थियौँ,” त्यसबेलाका एक नेता भन्छन्, “केही वर्षसम्म शिविरमा हामी लोकप्रिय पनि भयौँ तर पछि संगठन कमजोर बन्यो।”
पुर्बेली टाईम्स

0 comments:

Post a Comment