तीन सयजति दोहोरी गीतका भिडियो र फिल्म ‘गोरखा पल्टन’ मा अभिनय गरेकी रञ्जिता गुरुङसँगको छोटोमिठो कुराकानी :माया भनेको के हो?
जीवन बाँच्ने बाटो।
कसलाई बढी माया गर्नुहुन्छ?
आमाबुबालाई।
अहिलेसम्म कति जनासँग माया बसाइयो?
एक जनासँग। उनैसँग घरजम पनि गरियो।
कस्ता पुरुषले भुतुक्कै बनाउँछन्?
फिगर राम्रो भएको। आर्मीकट कपाल काटेको पुरुषले भुतुक्कै बनाउँछन्।
आफूलाई राम्रो लाग्ने आफ्नै अंग?
कम्मर।
बाटामा कतिले जिस्काउँछन्?
धेरैले जिस्काउँछन्।
के भनेर जिस्काउँछन्?
‘वाह, क्या सेक्सी’ भनेर।
त्यतिबेला कस्तो लाग्छ नि?
एकदमै खुशी लाग्छ। म धेरै नै राम्री रैछुजस्तो लाग्छ।
श्रीमान्सँग कत्तिको झगडा हुन्छ?
श्रीमान्-श्रीमतीमा खटपट त भइहाल्छ नि।
रिसाएको बेला उहाँले कसरी फकाए हुन्थ्योजस्तो लाग्छ?
गिफ्ट लिएर आऊन्, कतै घुमाउन लैजाऊन्जस्तो लाग्छ।
फिल्मको कथाले मागेजति दिनुहुन्छ?
कथाले नांगिनुपर्छ, छोटो कपडा लाउनुपर्छ भन्यो भने दिन्नँ। समाजले पचाउन सक्नेजति चाहिँं मजाले दिन्छु।
नेपाली फिल्ममा स्थापित हुन कतिको गाह्रो छ?
मंगोलियन मूलकी मजस्ती केटीलाई यहाँ स्थापित हुन धेरै गाह्रो छ।
गुरुङ फिल्ममा अभिनय गर्नुभएको छ?
एउटामा गरेकी छु।
नेपाली फिल्मभन्दा के फरक रैछ?
भाषामात्र हो। अरू त उस्तै-उस्तै हो।
नाइट क्लब जानुहुन्छ?
पहिले जान्थेँ। अहिले त्यति गइँदैन।
रक्सी खाइन्छ?
गुरुङकी छोरी हुँ, हल्का त खाइहालिन्छ नि।
रमाइलो गर्ने माध्यम?
पार्टीमा जाने, साथीभाइसँग घुम्ने, फिल्म हेर्ने।
कुन हिरोसँग फिल्म खेल्ने मन छ?
ह्यान्डसम र हट राजवल्लभ कोइरालासँग।
राम्री देखिन के गर्नुहुन्छ? मेकअप। अरू के गर्नु?
कुन पहिरनमा सेक्सी देखिन्छुजस्तो लाग्छ।
सारीमा। छोटो कपडा त्यति लाइँदैन।
फिल्ममा जम्न निर्माता-निर्देशकका ‘अन्य’ कुरा पनि मान्नुपर्छ रे, हो?
मान्नेलाई थाहा होला। मैले त्यस्तो भोग्नुपरेको छैन।
प्रशान्त तामाङसँग काम गर्दा कस्तो अनुभव बटुलियो?
एकदम रमाइलो।
अहिले केमा व्यस्त हुनुहुन्छ?
बागबजारमा बुटिक सञ्चालन गर्ने तयारीमा।
Click Here To Watch Video
0 comments:
Post a Comment