Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post
भदौ १७ – पछिल्लो समय के के जाति मिस तथा नानाथरी परी प्रतियोगिता हुने बाढी नै चल्दै आएको छ ।
यस्तै अवस्थामा शनिबार राजधानीमा आयोजित ‘तीज परी–२०६९’ सम्पन्न भएको छ ।

उक्त तीज परी–२०६९ मा आठ जना प्रतिस्पर्धीलाई उछिन्दै रमिला पोखरल बनिन तीज परी ।

लाजिम्पाट पर्यटन विकास बोर्ड र हिउँचुली कल्चरले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगितामा रोमी घिमिरे र नम्रता कार्की श्रेष्ठ क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप भए । प्रतियोगितामा ८ जना प्रतिस्पर्धी सहभागी थिए ।

नेपाली कला, सँस्कृति र पर्यटन विकासमा सहयोग पुर्याउनले उद्देश्यले २०६७ सालदेखि लाजिम्पाट पर्यटन बोर्डले तीजको अवसरमा प्रतियोगिता गर्दै आएको हो । कार्यक्रममा सहभागीलाई आयोजकले दर समेत खुवाउने काम गरेका थिए ।

Click Here To Watch Video

0 comments:

Post a Comment