Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post
भदौ १७ – बझाङको एक क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई अखिल क्रान्तिकारीले कार्यकक्षमै थुनि दिएका छन्

स्वेच्छाचारी ढङ्गले शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले स्थानीय जयपृथ्वी बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख र सहायक क्याम्पस प्रमुखलाई उनीहरूको कार्यकक्षमा थुनेर राखेका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले उनीहरूलाई थुनेको हो । 

अखिल क्रान्तिकारीले स्वेच्छाचारी ढङ्गले गरिएको नियुक्ति बदर हुनुपर्ने, क्याम्पसमा नियमित पढाइ हुनुपर्ने र क्याम्पसको जीर्ण भौतिक संरचनाको मर्मतसम्भार हुनुपर्ने माग राखेको छ ।

0 comments:

Post a Comment