मदनमणि अधिकारी
१७ भदौ, काठमाडौं । नेपाल टेलिकमलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशी रणनीतिक साझेदार ल्याउने तयारी भइरहेको छ ।
टेलिकम व्यवस्थापन र सबै कर्मचारी युनियन छिटै रणनीतिक साझेदार ल्याउनुपर्नेमा एक छन् ।
सरकारी लगानीको सबै भन्दा बढी नाफामा गएको दूरसञ्चार कम्पनी नेपाल टेलिकम बजार र आर्थिक हैसियतका दृष्टिले पनि आकर्षक छ । यसको आकर्षण अहिले अहिले मात्र होइन दुई दशक अगाडि पनि यस्तै थियो । त्यसैले त पूर्वराजा ज्ञानेन्द्र शाह रणनीतिक साझेदारका रुपमा नेपाल टेलिकममा भित्रन चाहेका थिए । त्यसका लागि उनले टेलिकमका कर्मचारी र व्यवस्थापनका सदस्यलाई प्रभावमा पनि पारिसकेका थिए । यो कुरा थियो विक्रम सम्वत् २०४० साल तिरको । त्यसका लागि उनले एक बेलायती कम्पनीको प्रयोग गरेका थिए। नेपाल टेलिकमका पूर्वमहाप्रबन्धक चेतप्रसाद भट्टराईले टेलिकमसँग रणनीतिक साझेदारका रुपमा काम गर्न पूर्वराजाको सक्रियतामा आउन खोलेको बेलायती कम्पनीले टेलिकमको अर्न्तराष्ट्रिय दूरसञ्चार क्षेत्रमा मात्र साझेदार हुन खोजेको थियो । आज पनि नेपाल टेलिकमको महत्वपूर्ण हिस्सा अर्न्तराष्ट्रिय कलबाट हुने गरेको छ ।
नेपाल टेलिकमका पूर्वमहाप्रबन्धक चेतप्रसाद भट्टराईले पूर्वराजा ज्ञानेन्द्र (तत्कालिन अधिराजकुमार)ले टेलिकमको रणनीतिक साझेदार बन्नकालागि बेलायती केबुल एण्ड वायरलेसको तर्फबाट २०४० सालमा नै टेलिकममा प्रस्ताव राखेको बताए । त्यतिबेला उनी टेलिकमको इन्टरनेसनल सिस्टम म्यानेजर थिए । उतिबेला रामप्रसाद शर्मा महाप्रबन्धक थिए । ‘त्यतिबेला उनीहरुले टेलिकमको अर्न्तराष्ट्रिय सेवा मात्र चलाउन खोजेको थियो’ भट्टराईले भने । उनले उक्त कम्पनी पूर्वराजा ज्ञानेन्द्रको रहेको पछि मात्र थाहा भएको बताए। त्यतिबेला केबुल एण्ड वायरलेसले टेलिकमका उच्चपदस्थ सबैलाई पार्टी दिएर उनीहरुलाई उच्च पदमा नै लिने आश्वासन दिएको थियो । उनले भने, ‘शार्दूलसमशेर जबरा त्यतिखेर सञ्चार सचिव नभएको भए ज्ञानेन्द्रको कम्पनीले टेलिकमको अर्न्तराष्ट्रिय सेवा लिन्थ्यो ।’
तत्कालिन सञ्चार सचिव शादूलसमशेरको सिधा सम्पर्क राजा वीरेन्द्रकोमा भएकाले मात्र टेलिकमको राम्रो आम्दानी गर्ने अर्न्तराष्ट्रिय सेवा जोगिएको उनले बताए । उनले त्यतिखेर रणनीतिक साझेदार ल्याउने कुराको भन्दा पनि राम्रो आम्दानी हुने क्षेत्र मात्र दिनुहुँदैन भनेर विरोध गरेको हो । नेपालमा धेरै क्षेत्रको एजेन्ट र विदेशी कम्पनी बोक्ने मानिसहरु भएकाले टेलिकमको रणनीतिक साझेदार खोज्ने र बनाउने कुरा गम्भिर विषय रहेको भट्टराईले बताए ।
आर्थिक वर्ष२०६६/६७ मा २७ अर्ब २२ करोड आम्दानी गरेको टेलिकमले २०६७/६८ मा २८ अर्ब १८ करोड आमदानी गरि सरकारलाई कुल १७ अर्ब ४९ करोड राजश्व बुझाएको थियो । टेलिकमले लाभांशका रुपमा मात्र सरकारलाई पाँच अर्ब ४८ करोड रकम दिएको थियो। मूल्य अभिवृद्धि कर र दूरसञ्चार सेवा शुल्कको ६ अर्ब ४५ करोड, आयकर चार अर्ब ४५ करोड र रोयल्टी एक अर्ब २३ लाख तिरेको हो । नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउनका लागि अर्थमन्त्रालयले प्रक्रिया र विधि तयार गर्न गठन गरेको कार्यदलले अहिले नै प्रयास थाले दुई वर्षलाग्ने बताएको छ । नेपालको दूरसञ्चार क्षेत्रमा हात हालेको स्विडेनको कम्पनी टेलियासोनेराकै लगानीको कुनै अर्को विदेशी टेलिकमको रणनीतिक साझेदारका रुपमा आउने सम्भावना पनि रहेको टेलिकम विज्ञ बताउँछन् ।

0 comments:
Post a Comment