Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post
लस एन्जलस अमेरिकाको सुन्दर शहर हो। त्यसमा पनि त्यहाँ निकै सुन्दर-सुन्दरीहरूको उल्लेखनीय बसोबास छ। सम्पन्न र सुन्दर महिलापुरुष त्यहाँका गल्लीहरूमा भेटिन्छन्। सुन्दर शहर लस एन्जलसमा एक बेलायती मोडलको ग्ल्यामरले ट्राफिक नै ठप्प पारेको बताइन्छ। हालैमात्र बेलायती ग्ल्यामर मोडल केली ब्रुक आफ्नो फियान्से टम इभान्सलाई लिएर लस एन्जलसका सडकमा देखापरिन्।  शहरका गल्लीमा घुमफिर गर्दै गरेको उनको जोडी देखेर त्यहाँको सडकमा ट्राफिक नै ठप्प भयो। अमेरिकी सोसलाइट किम कार्दासियनको कर्भी ग्ल्यामरलाई टक्कर दिन सक्ने ग्ल्यामरस कर्भकी धनी केलीका फियान्से इभान्सलाई समेत क्युपिडकै अवतार मान्ने धेरै छन्। रग्बीका पूर्वसुपरस्टार इभान्सले उनलाई फिजिकल ट्रेनिङ गराएपछि ३२ वर्षे ग्ल्यामर मोडलको सौन्दर्य अझै निखारिएको बताइन्छ।
नागरिक न्युज 

0 comments:

Post a Comment