१७ भदौ, काठमाण्डौ ।
काठमाडौंको व्यस्त बागबजारमा दिउँसै छुरा प्रहार गरेर एक स्कुले विद्यार्थिको हत्या भएको छ । श्रेष्ठ टेलरिङ अगाडि शनिबार दिउँसो २:३० बजे कैलालीको टिकापुर घर भएका २० वर्षीय चिरञ्जीवीराज रेग्मीको हत्या छुरा प्रहार गरि हत्या भएको हो ।
उनी डिल्लीबजारस्थित एनआइसी कलेजका १२ कक्षाका विद्यार्थी भएको प्रहरीले बताएको छ । हत्यारालाई प्रहरीले अझै सम्म पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले पहिचान भइसकेको दाबी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले साँझ घटनास्थलको निरीक्षण गर्नुभएको थियो ।
बागबजार नै बस्ने अशोक तण्डुकार र सुवास तण्डुकारमध्ये एकले हत्या गरेको जानकारी पाएको चन्दको भनाइ छ । घटनामा संलग्न हुनेहरूको पहिचान खुलिसकेको छ तर पक्राउ भने गर्न सकिएको छैन, टोली खटिएको छ, चाँडै पक्राउ पर्लान्,’ चन्दले भन्नुभयो ।
रेग्मीलाई मुटुमा छुरा प्रहार गरिएको देखिएको छ । अस्पताल लैजाँदा लैजाँदै उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । प्रहरीलाई भने घटनाबारे साँझ मात्रै खबर भएको थियो । बागबजारमा प्रहरीले चौबीसै घन्टा मोबाइल टोली खटाएको बताउंदै आएको छ ।
प्रत्यक्षदर्शीका अनुसार शनिबार सार्वजनिक बिदा भएकाले श्रेष्ठ टेलरिङका सबै सटर बन्द थिए । सटरभन्दा बाहिरको प्यासेज खाली नै थियो । खाली प्यासेजमा केही युवा उभिइरहेका थिए र आपसमा विवाद गर्दै थिए । विवाद चर्कंदै गएपछि उनीहरूमध्येबाट एक युवा बाहिरिएको थियो ।
बाहिरिको उहि युवाले अन्य तिनजना साथि पनि ल्याएको र हत्या भएका रेग्मीमाथि ति मध्येका एक युवाले लगातार तीनपटकसम्म छुरा प्रहार गरेर फागेका थिए । घाइते रेग्मीले त्यहींरहेका अन्य उनका साथि र ब्यापारीहरुले मोडल अस्पताल लगेको तर बाटोमा लैजांदा लैजांदै मृत्यु भएको थियो ।
-टपनेपाल न्युज
0 comments:
Post a Comment