Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post

रोमानियाकी एक २३ वर्षकी युवती हजुरआमा बनेकी छिन् । दुई बच्चाकी आमा रिफ्का स्टानेस्कुको पहिलो पटक आमा बन्दा उनको उमेर १२ वर्षको मात्रै थियो । उनले आफ्नी छोरी मारियालाई आफू जस्तै नबन्न सिकाए पनि मारियाले ११ वर्षकै उमेरमा बच्चा जन्माइन् ।
 रिफ्काले गहना बिक्रेता लोनेल स्टानेस्कुसित उनी ११ र पति १३ वर्षको हुँदा बिहे गरेकी थिइन् । आफूलाई अर्कै केटासँग बिहे गर्न लागेको थाहा पाएपछि रिफ्काले भागेर बिहे गरेकी थिइन् । उनकी छोरी भने उनीभन्दा अघि १० वर्षकै उमेरमा बिहे गर्न पुगिन् ।

0 comments:

Post a Comment