Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाराक ओबामाको मनपर्ने पेय पदार्थको बारेमा अहिले सम्मकै गोप्य मानिएको तथ्य सार्वजनिक गरेको छ । करिब १३ हजार मानिसले इन्टरनेट मार्फत ओबामालाई मनपर्ने घरमै बनाइएको खास किसिमको वियरबारे जानकारी मागेपछि ह्वाइट हाउसले त्यसको विवरण सार्वजनिक गरेको हो ।

 जनताको कौतुहलता र उत्सुकताका कारण गोप्य राखिएको बियर बनाउने विधिबारे जानकारी गराइएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी राष्ट्रपति ओबामा घरमा बनाइएको वियरको खास शौखिन मानिन्छन् । ह्वाइट हाउसमा ओबामाको लागि भनेरै पहिलो पटक बियर बनाएको बताइन्छ ।

ओबामाले आफ्नो चुनावी अभियानमा पनि यो बियर लगिसकेको र मतदाताहरुले पनि चाखिसकेको बताइएको छ । तर आलोचकहरुले भने बियरको पछाडि राजनीतिको गन्ध आएको टिप्पणी गरेका छन् ।

उक्त बीयर बनाउन लाइट माल्ट एक्सट्रक्ट, ऐम्बर क्रिस्टल माल्ट, जिप्सम, मह, च्याउको धुलो र मकैको चीन प्रायोग गर्ने गरिन्छ । हृवाइट हाउसका एक अधिकारीले भनेका छन्-’जनताको बीचमा हृवाइट हाउसमा बनाउने बीयरको विषयमा यति धेरै कौतुहलता र जिज्ञासा भो कि हामीले सार्वजनिक गर्नु पर्‍यो ।’ बीयर बनाउन आवश्यक सबै सामाग्री ओबामा स्वयमंले नै ल्याउने गरेका छन् र त्यसको खर्च पनि उठाउँछन् ।

अमेरिकामा आगामी राष्ट्रपति चुनावमा ओबामाका प्रतिद्धन्दी मिट रोमनी मादक पदार्थ सेवन गर्दैनन् । अमेरिकामा राजनीतिको पूरानो मान्यता अनुसार बियर पिउने उम्मेद्वारलाई मत दिनु राम्रो हुन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment