Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post
न्युजर्सी, भाद्र १७, अमेरिकाको न्युजर्सीस्थित ओल्ड ब्रिज शहरमा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा तीन जना मारिएका छन् । एक सुपर मार्केटमा भएको गोली हानाहानमा मारिनेमा एक आक्रमणकारीसहित दुई पुरुष र एक महिला छन् । प्रहरीका अनुसार बिहान ४ बजे आक्रमणकारीले स्टोरका कर्मचारीमाथि एके फोर्टी–सेभेन र पेस्तोलबाट अन्धाधुन्दा गोली चलाएको थियो । आक्रमणकारी त्यस स्टोरकै कर्मचारी रहेको बताइएको छ । रातभरी त्यही स्टोरमा काम गरेको आक्रमणकारी बिहान साढे तीन बजे बाहिर गएको र केही बेरपछि बन्दुक लिएर फर्किएको उसले स्टोर खोल्ने तयारीमा रहेका १४ जना कर्मचारीमाथि एकाएक गोली वर्षाएका थिए । प्रहरीका अनुसार गोली चलाएपछि आक्रमणकारीले आत्महत्या गरेका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment