बाह्र वर्षको उमेरदेखि रंगमञ्चमा अभिनय गर्न थालेकी हुँ। यही सिलसिलामा वीरेन्द्र हमालको नाटकको मीनभवनमा रिहर्सल गर्ने क्रममा अन्य साथीसँगै एकजना नाटक नखेल्ने (अनिल थापा), तर हेर्न आइरहने मान्छेसँग चिनजान भयो। उहाँकै चिनजानका साथीहरू पनि नाटक खेल्ने भएकाले सँगै आउनुभएको थियो। पछि उहाँ मेरो नाटक रिहर्सलदेखि 'सो'सम्म निरन्तर देखिन थाल्नुभयो। मसँग बोल्न खोज्नुहुन्थ्यो। समय भएका बेला अलिअलि बोल्थे। तर, त्यसको केही महिनापछि साथीहरूले 'ऊ तँलाई मन पराउँछ रे' भन्न थाले। त्यतिबेला म १५ वर्षकी थिएँ। निम्नवर्गीय परिवारकी छोरी भएकाले मलाई केटाहरू स्वार्थका लागि पछि लाग्छन् भन्ने लाग्थ्यो। त्यसैले त्यो प्रस्तावलाई मतलबै गरिनँ।
म आमासँग टेकुमा बस्थ¸। त्यहाँदेखि मीनभवन नाटकका लागि आइरहनुपर्थ्यो। उहाँ जहिल्यै आफ्नो नयाँ बानेश्वरस्थित घरअगाडि मलाई कुरिरहनुहुन्थ्यो। मीनभवनसम्म कुरा गर्दै सँगै गइन्थ्यो। तर पनि मेरो मुटुमा प्रेमको कुनै झञ्कार थिएन। यही क्रममा एक दिन मीनभवनभन्दा केही वर भएको चौतारीमा बसिरहेका बेला उहाँले 'म तिमीलाई मन पराउँछु' भन्नुभयो। म त्यतिबेला कुनै कुरालाई सिरियस रूपमा लिन्नँथ¸। त्यसैले खासै प्रतिक्रिया जनाइनँ। त्यो दिन उहाँ त्यहीँबाट घर फर्किनुभयो। म नाटकको रिहर्सल गर्न गएँ। त्यसपछि पनि मीनभवनदेखि बानेश्वरको बीच बाटोमा हाम्रो 'डेटिङ' चलिरह्यो।
अहिलेको जस्तो फोन थिएन। त्यसैले अलि लामो समय भेट भएन भने चिठी लेखेर पठाउनुहुन्थ्यो 'प्रिय शुभु...' भन्दै। पत्रमा एउटै साहित्यिक शब्द भेटिन्नथ्यो। भन्न मन लागेका, रिस उठेका सबै कुरा डायरीको पानामा खाँदेर पठाउनुहुन्थ्यो। म पनि के कम? जस्ताको तस्तै जबाफ लेखिदिन्थ¸। अझै म प्रेममा परेकी छैन जस्तो लाग्थ्यो। तर, म प्रेममा परिसकेकी रहिछु। किनभने उहाँले बोलाएपछि मनभित्रैबाट जाऊँ-जाउँ कि लाग्न थालिसकेको थियो। एक दिन फिल्म हेर्न बोलाउनुभयो। मनकामना हलमा सलमान र मनिषा अभिनित फिल्म 'खामोशी' चलिरहेको थियो। म गएँ। लागेको थियो, उहाँमात्रै आउनुहुन्छ होला। तर, उहाँले त आफ्ना बहिनीहरूलाई पनि ल्याउनुभएको रहेछ। त्यसैले उहाँसँग फिल्म हेरेको र अरू दिनकोमा फरकै पाइनँ। त्यसको केही दिनपछि 'दक्षिणकाली घुम्न जाउँ्' भन्नुभयो। एकान्तमा गएर मनका कुरा खुब भनौँला भन्ने लागेको थियो। तर, फेरि पनि उही सिनेमा हलको दृश्य दोहोरियो। बहिनीहरू पनि ल्याएर डेटिङलाई पिकनिक बनाइदिनुभयो। त्यसपछि भने मलाई प्रेमको वास्तविक अनभूति भयो। यो मान्छेले मलाई साँच्चीकै प्रेम गर्ने रहेछ भन्ने लाग्न थाल्यो। केटाहरू स्वार्थका लागि नजिकिन्छन् भन्ने भावना पूरै परिवर्तित भयो। मेरा धेरै सपना साँचो हुन्छन्। त्यसपछि मैले उहाँँसँगै बाटोमा हिँडिरहको एउटै घरमा बसिरहेको आदि-इत्यादि सपना खुब देख्न थाल¸ ।
असोजको महिना थियो। खुला आकाश, घाम चहकिलो भइनसकेको वातावरण थियो। यस्तो वातावरण मलाई खुबै रमाइलो लाग्छ। उहाँसँग त्यही बेला भेट भएको थियो। भित्रभित्रै उहाँको आनीबानीले मलाई पगालिसकेको थियो। म पहिलोपल्ट त्यो दिन लजाएँकी थिएँ, त्यो पनि भित्रभित्रै। तर, कडा बोल्ने, त्यस्तै व्यवहार देखाउने नानीदेखि लागेको बानी कहाँ टुट्थ्यो र? म त झन् कडा भइछु। मैले सोध¸, 'तपाईँले मसँग विवाह गर्छु भन्नुभएको होइन?' उहाँले 'हो' भन्नुभयो। त्यसपछि मैले उहाँको हात च्याप्प समाएँ, 'ल जाउँ्क' भनेर डोर्याएर भद्रकाली मन्दिर पुर्याएँ। उहाँ पुरुषको लाइनमा लाग्नुभयो, म महिलाको। मैले मनमनै सोचेँ, भगवानले जुराएकै भए सँगै पुगिन्छ मन्दिरअगाडि। भनेजस्तै भयो। उहाँले त्यहीँ मेरो सिउँदोमा सिन्दुर हाल्नुभयो। मन्दिरमा दर्शन गर्न आएका अरू त छक्कै। म जम्मा १६ वर्षकी थिएँ त्यतिबेला। मलाई अहिले सम्झिँदा पनि अचम्म लाग्छ, न त्यस्तो योजना थियो, न त कुनै संकेत नै। हामी विवाह गरेर सिधै दिदी राधा तिमिल्सेनाकहाँ गएका थियौँ। दिदीले नै चुरापोते लगाइदिनुभयो। परिवारले छ महिनासम्म स्विकारेन। त्यतिन्जेल बाहिरै बसियो। त्यतिबेला हनिमुन जाने चलनै थिएन। त्यसैले हनिमुन गइएन। तर, विवाहलगत्तै दुवै एकान्तमा बसेकाले हनिमुनजस्तै भयो।
- नागरिकबाट

0 comments:
Post a Comment