Breaking News
Loading...
Sunday, September 2, 2012

Info Post

दमक ।
लागू औषध सेवन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका झापा दमक १० का राजु विश्वकर्मालाई प्रहरीले मुद्दा चलाएको छ ।
एक साताअघि उनलाई इलाका प्रहरी कार्यालय दमकले लागू औषधसहित पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी निरीक्षक हरि खतिवडाले पक्राउ परेका विश्वकर्मालाई हिरासतमा रहँदा भेट्न आउनेहरुले चाउचाउको खोलमा राखेर लागू औषध ल्याउने थप दुई जना पनि पक्राउ परेको बताए ।
यसरी पक्राउ पर्नेमा दमक १० का सञ्जित राई र रुपेश भण्डारी छन् । पक्राउ परेकाहरुले करकापमा आफूहरुले चाउचाउको खोलमा राखेर प्रहरी हिरासतसम्म लागूऔषध ल्याइदिएको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई लागू औषध प्रयोग र ओसारपसारसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।
पुर्बेली टाईम्स 

0 comments:

Post a Comment