अपरिचित हतियारधारी समूहको आक्रमणमा परी पाँचथरको सुभाङका एक दम्पत्ति धाइते भएका छन् ।
अनुहारमा कालो मोसो दलेर आएका हतियारधारी समुह र पाँचथर सुभाङ ९ का गोपिकृष्ण संग्रौला र उनकी श्रीमती मायादेवी आक्रमण गरी घाइते बनाएका हुन् ।
शनिवार राति करिव १० बजेतिर अनुहारमा मोसो र मकुण्डो लगाएर घरेलु हतियारसहित आएको समुहले आक्रमण गरी घाइते बनाए उनीहरू असुरक्षा महशुस गरी प्रहरीको शरणमा पुगेका छन् । आक्रमणमा परी घाइते संग्रौला दम्पत्ति प्रहरी चौकी जोरपोखरीमा शरण लिएर वसेको र उनीहरूको त्यहीं सामान्य उपचार भएको प्रहरीले जनाएको छ ।
आक्रमणमा परी संग्रौलाको ढाड, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
0 comments:
Post a Comment