Breaking News
Loading...
Thursday, September 6, 2012

Info Post
डिकेश लामा, बेलडाँगी ।
सशस्त्र प्रहरी र यातायात व्यवसायीबीचको विवादका कारण विहीवार दमक-बेलडाँगी सडकमा यातायत अवरुद्ध भएको छ । विवादका कारण बेलडाँगी बजारका केही पसलहरुसमेत बन्द भएका थिए ।
बुधबार दमकबाट आएको ना १ ज २५६८ नम्बरको माइक्रो बसमा चढेका सशस्त्र प्रहरी जवानको भाडाको विषयलाई लिएर भएको विवादका कारण यातायत व्यवसायीहरुले यातायत अवरुद्ध गरेका थिए । भाडाको विषयमा विवाद भएकै कारण सशस्त्र प्रहरीलाई कुटपिट गरेको भन्दै गाडीका मालिक तारा पराजुली र अर्का एक कर्मचारीलाई राती नै पक्राउ गरेपछि विवाद झन् बढेको स्थानीय यातायत व्यवसायीहरुले बताएका छन् ।
यता सशस्त्र प्रहरी बेश बेलडाँगीले भने सशस्त्र प्रहरी जवानमाथि कुटपिट गर्ने मात्र नभई मादक पदार्थ सेवन गरी लापर्वाही रूपमा भाडा असुली गर्दै उल्टै हातपात गरेकोले व्यवसायीलाई नियन्त्रण लिई सोधपुछ गरेर छाडेको बताएको छ ।
केही सशस्त्र प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिनेक्रममा स्थानीय महिलाहरुलाई अपशव्द तथा गाली गलौजसमेत गरेकोप्रति महिलाहरुले सशस्त्र प्रहरी बेसमा गुनासो राखी पुनः यस्ता घटना नदोहोर्‍याउन दबाव दिएका छन् । यातायात व्यवसायीका जिम्मेवार पदाधिकारीसँगको छलफलपछि विहीबार दिउँसोबाट बेलडाँगी दमक सडक खण्डमा यातायात तथा बजार सुचारु भएको थियो ।

0 comments:

Post a Comment