Breaking News
Loading...
Thursday, September 6, 2012

Info Post

मुम्बई : पोर्नस्टार सन्नी लियोनको बलिउड यात्रा उति लामो भइसकेको छैन । उनको पहिलो चलचित्र जिस्म–२ ले उति राम्रो व्यापार गर्न सकेन । तर, पनि उनी यति लोकप्रिय भएकी छन् कि दर्शक उनलाई नयाँ बलिउड स्टारका रूपमा हेर्न थालेका छन् । यो अवधिमै उनले बलिउडका अन्य स्थापित नायिकाको भन्दा बढी प्रशंसक कमाइसकिछन् ।
हालै बलिउडको अनलाइन पत्रिका जागरण डट कमले गरेको सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । जसले उनलाई अहिलेकी लोकप्रिय नायिकाको सूचीमा अग्रस्थानमा राखिदिएको छ । दर्शकको भोटका आधारमा उनले नायिका क्याट्रिना कैफलाई पनि उछिनेकी छन् ।
सर्वेक्षणअनुसार सनीले कुल भोटको ३६.८८ प्रतिशत पाएकी छन् भने क्याट्रिनाको भागमा ३४.९५ प्रतिशत मत परेको छ । तेस्रो नम्बरमा करिना कपुरको नाम आएको छ ।
भारतीय रियालिटी सो बिग बोसमा सहभागितासँगै दर्शकको नजरमा पर्न थालेकी उनलाई निर्देशक महेश भट्टले जिस्म–२ मा अनुबन्धित गरेका थिए । (सौर्य दैनिक/एजेन्सी)

0 comments:

Post a Comment