Breaking News
Loading...
Thursday, September 6, 2012

Info Post

डिकेश लामा, बेलडाँगी ।
झापाको भूटानी शरणार्थी शिविर बेलडाँगी क्षेत्रमा बुधवार राति हात्ती प्रवेश गरेपछि स्थानीय शरणार्थी तथा सशस्त्र प्रहरीको गस्ती टोलीले हात्ती खेदाएका छन् ।
शिविरनजिक रहेको हंसेदुम्से सामुदायिक बनबाट विहान राति हात्ती वेलडाँगी शिविरको राशन गोदाम क्षेत्रमा प्रवेश गरेको सशस्त्र प्रहरी सुरक्षा बेश वेलडाँगीले जानकारी दिएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी ३ को सेक्टर डी/१ छाप्रा १० मा हात्तीले सामान्य क्षति समेत पुर्‍याएको सशस्त्र प्रहरी निरीक्षक विजय हमालले बताए ।
यसअघि पटकपटक हात्तीले शिविर क्षेत्रमा दुःख दिँदै आएको छ भने हालसम्म आधा दर्जनभन्दा बढि शरणार्थीको ज्यान समेत लिईसकेको छ ।
पुर्बेली टाईम्स 

0 comments:

Post a Comment