Breaking News
Loading...
Monday, September 3, 2012

Info Post

१२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो।
विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्। पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।
प्रहरीले पीडित बालिकाहरूका बाबुले दिएको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरेको हो। विश्वकर्मा नाबालक भए पनि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक शरद कुमार तामाङ बताउँछन्। चारै जना बालिका बलात्कारको सिकार भएको जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। नाबालकहरूमा यौन अराजकता बढ्नु भनेको अश्लील च्यानल एवं इन्टरनेटको प्रभाव र गलत मानसिकताको उपज भएको धनकुटा बहुमुखी क्याम्पसका समाज विकास विषयका सह-प्राध्यापक नन्द न्यौपाने बताउँन्।  पक्राउ परेका विश्वकर्मा अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनामा छन्। उनले प्रहरीसामु बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत हुने पनि नाबालक र बलात्कार गर्ने पनि नाबालक नै भएपछि प्रहरीलाई मुद्दा चलाउन अप्ठ्यारो परेको प्रहरी निरीक्षक विनोद कुमार शर्मा बताउँछन्। कानुनमा १० वर्ष सम्मकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाबालकको हकमा आधा सजाय बेहोर्नुपर्ने नियम भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको निरीक्षक शर्मा बताउँछन्।
धनकुटामै घटेको दोस्रो घटनामा आफूलाई बलात्कार गरेको आरोप लगाउँदै जिल्लाबाहिरकी एक युवतीले धनकुटा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पुनः सनसनी मच्चियो। दीपा (नाम परिवर्तन) ले गत शनिबार प्रहरीमा ‘धनकुटाको एक होटलमा महेश (नाम परिवर्तन) भन्ने व्यक्तिले मलाई जबर्जस्ती बलात्कार गर्‍यो। मैले चिच्याउँदा पनि होटलको मालिकले सुनेको नसुन्यै गर्‍यो, रुँदै बाहिर निस्कँदा के भयो भनेर समेत सोधेन ? उसको पनि यसमा मिलेमतो छ, दुवैलाई पक्रेर आवश्यक कार्वाही गरियोस्’भन्ने जाहेरी दिएपछि आरोपी युवक तथा होटल मालिक दुवैलाई प्रहरी कार्यालयमा ल्याइयो। पक्राउ परेका आरोपी महेशले शारीरिक सम्पर्क भएको स्वीकार गरे पनि जबर्जस्ती गरेको भने स्वीकार गरेनन्। उनले दुवै जनाको राजीखुसीमै शारीरिक सम्पर्क भएको बयान दिएको स्रोतले जनाएको छ। उनले अघिदेखि नै ती युवतीसँग भेटघाट भैरहेको र उनलाई विवाह गर्न आफू राजी रहेको बताए पनि दीपाले नमानेको स्रोतले बतायो। उता होटल मालिकले भने दीपा र महेश दिनको ११ बजे आएर कोठामा बसेको र दुई बजे निस्किएर खाजा खाई सँगै बाहिर गएको बताएका छन्। उनले होटलमा कोही नकराएको र नरोएको पनि दाबी गरे। दुई दिनसम्म प्रहरी हिरासतमा रहेका महेशलाई जसरी भए पनि कारबाहीको भागी बनाउने अडान नछोडेकी दीपाले अन्ततः १ लाख ३० हजार रुपैयाँ लिएर उजुरी फिर्ता लिएको बताइन्छ।
रिएलखबर

0 comments:

Post a Comment