बलिउडमा आजभोलि कट्टु र पाइन्ट बेच्ने लहर नै चलेजस्तो छ । केही समयअघि पोर्नस्टार सन्नी लियोनले जिस्म टू मा लगायका बिकिनीको लिलामी हुन लागेको हल्ला चलेको थियो । अहिले सन्नीको सिको गर्दै बलिउडका सुपरस्टार अमिताभ बच्चन नै आफ्नो पाइन्ट बिक्रि गर्न कस्सिएका छन् ।
बच्चनका एक जोडी जिन्स पाइन्ट लिलामीमा बिक्री गर्न लागिएको हो । हुनत अमिताभ आफैले आफ्ना पाइन्ट बिक्रि गर्न लागेका भने होइनन् । एक गैरसरकारी संस्थाले गरीब बालबालिकाका लागि सहयोग जुटाउनका लागि भन्दै अमिताभका पाइन्टलाई लिलामीमा बिक्रि गर्न लागेको हो ।
परिक्रमा नामको उक्त संस्थालाई अमिताभले आफ्नो हस्ताक्षर गरी आफ्ना पूराना दुइवटा जिन्स पाइन्ट प्रदान गरेका छन् ।
अमिताभले मात्र होइन करीना कपूर, दीपिका पादुकोण, पि्रयंका चोपडा, सैफ अली खान, अनुस्का शर्मा, शाहीद कपूर, सोनम कपूर, अनिल कपूर तथा कंगना रनावतले पनि बालबालिकाको सहयोगका लागि आफुले लगाएका पाइन्ट लिलामीका लागि उक्त संस्थालाई एक कार्यक्रमबीच प्रदान गरेका छन् ।
सेलिब्रेटीका ती पाइन्टलाई अनलाइन मार्फत लिलामीमा राखिने र त्यसबाट सहयोग रकम संकलन समेत गरिने बताइएको छ । संकलित रकम गरीब बालबालिकालाई शिक्षा प्रदान गर्न खर्च गरिनेछ ।

Click Here To Watch Video

0 comments:
Post a Comment