हालै भारतीय कन्ट्रोभर्सिएल मोडल तथा नायिका गहना वशिष्टले चर्चा बटुल्न लन्डनमा जारी ओलम्पिक खेलको सहायता लिने भएकी छिन ।
गहनाले भारतीय बक्सर मेरिकमलाई डेडिकेटगर्दै न्यूड फोटोसुट गर्ने वाचा गरेकी छिन् । भारतीय बक्सर अहिले लन्डन ओलम्पिकमा कम्तिमा कास्य पदकको हकदार बनिसकेकी छन् ।
गहनाले उही मेरिकमलाई डेडिकेट गरेर न्यूड फोटोसुटगर्न लागेकी हुन् । समाचारका अनुसार यसअघि गराएको फोटोसुटका कारण आलोचित बनेकी गहना यसपटक भने फोटोसुटको एकदिन अघि नै लुकेकी छिन् वा बाहिर देखा परेकी छैन ।
समाचारका अनुसार गहनाले मेरिकमले स्वर्ण पदक जिते पछि मात्रै न्यूड फोटोसुट गराउने इच्छा भएपनि यसअघि राष्ट्रिय झण्डा ओढेर गराएको फोटोसुट मुद्दामा प्रहरीले पक्राउ गर्ने भएपछि त्यसअघि नै न्यूड फोटोसुट गर्न लागेको बताएकी छिन् ।
यसअघि नै राष्ट्रिय झण्डालाई शरीरमा ओढेर गरेको फोटोसुटका कारण मुद्दा खेपिरहेकी गहनाले न्यूड फोटोसुट गरेपछि भने अर्को कुन आपत ब्यहोर्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

0 comments:
Post a Comment