Breaking News
Loading...
Thursday, August 9, 2012

Info Post

काठमाडौं, साउन २५ । नेपाली सेनाको नेतृत्व आजदेखि रथी गौरबशमशेर राणाले समाल्नु भएको छ ।
तीन बर्ष कार्यकाल सकिन एक महिना मात्र रहेकाले प्रधानसेनापति छत्रमानसिंह गुरुङ आजदेखि विदामा बसेकाले राणाले सेनाको नेतृत्व समाल्नु भएको हो ।
प्रधानसेनापति गुरुङले आगामी भदौ २४ गते अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । सो अवधिसम्म कार्यबाहक प्रधानसेनापति बन्नुहुने राणाले त्यसपछि प्रधानसेनापतिको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।
सरकारले गत शुक्रबार राणालाई कायम मुकाय प्रधानसेनापति जिम्मेवारी दिने निणर्य गरेको थियो ।

0 comments:

Post a Comment