भजन शिरोमणि भक्तराज आचार्यको प्रतिमा बनेको लामो समय भैसकेको छ । तर राजनीतिक अस्थिरताका कारण उनको प्रतिमा अनावरण हुन सकेको छैन । महारजगञ्जमा रहेको उनकै घर छेउको चोकमा राख्ने योजनाका साथ मोरङका नविन नाम गरेका व्यक्तिले उनको प्रतिमा निर्माण गरेका हुन् । उनको प्रतिमा राख्नका लागि नगरपालिका, नगर विकाससँग अनुमति लिनु पर्ने हुन्छ । तर राजनीतिक अस्थिरताका कारणले गर्दा अनुमतिका लागि पहल गर्न नसकेको भक्तराजका छोरा स्वरुपराज आचार्यले बताएका छन् ।
उनले भने -’सरकार अस्थिर भएकाले पनि पहल गर्न सकेको छैन, स्थिर सरकार आएपछि प्रतिमा राख्नका लागि पहल गर्ने सोचाई बनाएका छौँ । तर राजनीतिक अन्यौलताले गर्दा काम रोकिएको छ ।’सरकारले कला साहित्यलाई उपेक्षा गर्ने भएकाले गर्दा पनि प्रतिमा राख्न गाह्रो भएको स्वरुपको भनाई छ । भक्तराजको प्रतिमा राख्न लागिएको हो ।
मोरङका नवीनले उनको दुईवटा प्रतिमा तयार गरेका छन् । जसमा एउटा प्रतिमा मोरङमा नै राख्ने योजना रहेको छ । भक्तराज आचार्यको प्रतिमा भक्तराज आचार्य प्रतिष्ठानको नाममा महाराजगञ्ज स्थित उनको घर नजिकै चोकमा राखिनेछ ।
स्वरुपका अनुसार प्रतिमा तयार र त्यसलाई अनावरण गर्न आवश्यक पर्ने खर्चका लागि व्यापारीहरुसँग कुरा भैसकेको छ । उनका अनुसार सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली श्रष्टाहरुलाई राज्यले उपेक्षा गर्दा उनीहरुको योगदानको कदर हुन सकेको पाईंदैन ।

0 comments:
Post a Comment