सुरेश बिडारी,सर्लाही,साउन २४ । क्यानडामा राम्रो काम र दाम दिलाउने भनेर एक भारतियले ४५ जना नेपालीलाई ठगेका छन् । भारतको देहरादुनको अवराहर भन्ने व्यक्ति यि नेपालीहरुलाई ठगेर भागेका हुन् । श्रमिकका लागि पनि मासिक १ लाख ५० हजार तलब दिलाउने भन्दै ठगले प्रत्येक नेपालीसँग ५० हजार भारतीय रुपैयाका दरले रकम उठाएको पिडितहरुले बुझाएका छन् । सर्लाही कर्मैयाका दाजुभाई प्रणयराज उप्रेती, निर्णयराज उप्रेती, हजार बिगाहाका उत्तम प्रसाई लगायत सर्लाहीका १४ जना र बाँकी रौतहट,सुर्खेत गुल्मी लगायत जिल्लाका रहेका छन् । आफूलाई पढाएका शिक्षक देहरादुनकै गणेश काफ्लेको खातामा रकम राखेको भए पनि दलालले धम्क्याएर रकम लिएर फरार भएको पिडित प्रणयराज उप्रेतीले जानकारी दिनुभयो । अहिले ५० हजार भारतीय रुपैयाँ बुझाए पुग्ने र पछि १५ महिनासम्म ५० हजारका दरले रकम बुझाउनु पर्ने शर्त ठगी गर्ने ब्यक्तिले राखेको पिडितहरुको भनाई छ । जुलाई २० तारिखमा भिसा आउने, २४ गते उड्ने बताएका अवराहर जुलाई १८ तारिखबाटै वेपत्ता भएकाले आफूहरु ठगिएको सर्लाहीका पिडितहरुले जनाएका छन् । ठगिनेहरु सबैको पासपोर्ट देहरादुन अदालतमा राखिएको छ भने ठगि गर्ने व्यक्तिको बुवा,आमा र सहायकलाई भारतीय प्रहरीले पक्रेको छ ।
#sindhulidarpan
#sindhulidarpan
0 comments:
Post a Comment