Breaking News
Loading...
Saturday, August 11, 2012

Info Post
बलिउडमा अहिले सनी लियोनको चर्चा छ। सनीलाई हिन्दी चलचित्र 'जिस्म-२' ले चर्चामा ल्याएको होइन। उनको पेसा नै पोर्न कलाकार  भएकाले पहिलो पटक मूलधारको चलचित्रमा नायिका बनेपछि उनको चर्चा चुलिएको हो। जिस्म-२ को एउटा दृश्यमा सनीले ब्लाउजबिनाको  रातो सारी लगाएकी छिन्। यद्यपि  यहाँ उल्लेख गर्न लागिएको प्रसंग नेपाली नायिका बिनिता बरालको हो। पहिलो चलचित्र ँचपली हाइट' बाटै  आफूलाई नायिकाका रूपमा स्थापित गर्न सफल बिनिताको दोस्रो चलचित्र 'फुल स्टप' प्रदर्शनको क्रममा छ। संयोग कस्तो जुरेको छ भने  आगामी भदौ १५ गतेदेखि प्रदर्शनमा आउने 'फुल स्टप' को एउटा गीतमा बिनिताले पनि रातो सारी लगाएकी छिन्। ब्लाउजसहितको रातो  सारीमा सजिएकी बिनिताले एउटा दृश्यमा 'जिस्म-२' की सनिले झैं पोज दिएकी छिन्। उक्त तस्बिर सार्वजनिक भएपछि बिनितालाई 'नेपाली  सनि लियोन...' भन्नेहरू प्रशस्त छन्, पेसागत रूपमा होइन तस्बिरमा देखिएको समानताका आधारमा मात्र।
#साप्ताहिकबाट 

0 comments:

Post a Comment