बलिउडमा पछिल्लो समय धुम-३ को चर्चा सुरू हुन थालेको छ । धुम र धुम-२ को सफलताका कारण पनि धुम-३ को चर्चा सुटिङ सुरू नहुँदै हुन थालेको छ । धूम फिल्मका खलपात्रका कारण निकै चर्चित छ जसको अभिनयमा यसपाली अमिर खान देखिने छन । उनको रुप र रोलका बारेमा अनेक अड्कल काटिनुका साथै झन् धुम-३ ले चर्चाको शिखर नै चुमेको छ । उक्त चलचित्र सुटिङका लागी चलचित्र सुटिङ युनिट अहिले अमेरिकाको शिकागोमा रहेको छ । अमिर खान पनि आफ्नो ८ महिने छोरा र पत्नी किरणका साथ सिकागो पुगिसकेका छन् । चलचित्रमा अमिर खानको अभिनय र देखिने रूप समेत सार्वजनिक भएको छ । उक्त दृश्यमा अमिर अगाडिको पाङ्ग्रा नभएको मोटरसाइकलमा देखिएका छन् । उनी चलचित्रका सुटिङका क्रममा मोटरसाईकल गुडाएको अवस्थामा देखिने भएपनि मोटरसाइकल भने क्यामरा राखिएको ट्रलीले नै उनको मोटरसाइकल तान्ने स्पष्ट भइसकेको छ । -एजेन्सी
धूम-३ मा मिस्टर पर्फेक्ट आमिर खान...!!!भिडियो सहित
Info Post

0 comments:
Post a Comment